काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार (आज) पक्राउ गर्न लागिएको दाबी गरेका छन् ।

पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ मा दिइएको भुक्तानीका सम्बन्धमा गरिएको एउटा अनुसन्धानपछि उनीविरुद्ध मुद्दा चल्न सक्छ ।

सोहीकारण उनले आफू पक्राउ पर्न सक्ने बयान दिएका हुन् । ड्यान्यल्सले ट्रम्पसँग कुनै बेला आफ्नो यौन सम्बन्ध रहेको बताएकी थिइन् ।

तर त्यसबारे कुरा नखोल्न ट्रम्प वकिलसँग उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि १,३०,००० डलर लिएकी थिइन् । विभिन्न अभियोगमा दोषी ठहर भएपछि ट्रम्पका वकिल माइकल कोहेन पछि जेल परेका थिए । सन् २०१८ मा तथाकथित सम्बन्धबारे चर्चा हुन थालेपछि ट्रम्पले ड्यान्यल्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएका छन् ।

सम्बन्धित खबरहरु