काठमाडौं । दिल्ली–एनसीआरमा भूकम्पको धक्का ( earthquake in delhi ) महसुस गरिएको छ।

रिक्टर स्केलमा यसको तीव्रता ६ दशमलव ६ भारतीय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । जानकारी अनुसार यस भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादमा रहेको थियो ।

तर दिल्ली–एनसीआरमा पनि धर्ती बेस्सरी हल्लिरहेको छ। अवस्था यस्तो बन्यो कि मानिसहरु घर र कार्यालयबाट तुरुन्तै बाहिर निस्किए र आतंकको अवस्था सिर्जना भयो । आज पाकिस्तानको इस्लामाबाद, लाहोर र पेशावरसम्मपनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो ।

अफगानिस्तानको कालाफगानबाट ९० किलोमिटर टाढा त्यहाँको समय अनुसार राति १० बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन विभागले जनाएको छ ।

भारतको राजधानी दिल्ली र एनसीआरमा एक महिनामा तेस्रो पटक भूकम्प गएको हो ।

यस पटक केन्द्र अफगानिस्तानको फैजाबादमा थियो। पाकिस्तानको इस्लामाबाद, लाहोर र पेशावरमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । यसअघि सोमबार हिमाचल प्रदेशमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो ।

केही दिनअघि गुजरातको कच्छमा ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो । फेब्रुअरी २६ र २७ मा गुजरातमा दुईवटा भूकम्प गएका थिए जसमध्ये एउटाको तीव्रता ४.३ र ३.८ थियो ।

यहाँ राखिएका तस्बिरहरू नोएडाको हाइ राइज सोसाइटीहरूबाट आएका छन् ।

जसमा मानिसहरू आफ्नो घरबाट ओर्लिएर पार्कमा आएको देख्न सकिन्छ। भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु डराएर भागदौड गरिरहेका छन् । केही पुराना भौतिक संरचनाहरु ढलेको देख्न सकिन्छ । तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।

सम्बन्धित खबरहरु