काठमाडौं । विश्वविद्यालयले छात्रवृतिका लागि जरुरी सूचना प्रकाशित गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृतिका लागि दरखास्त फारम भर्नेसम्बन्धी सूचना जारी गरेको हो ।

विश्वविद्यालयल अनुदान आयोग कार्यक्रम कार्यविधि, २०७९ अनुरुप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि लागि दलित, आर्थिक रुपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिलाका लागि आवेदन खुलेको छ ।

साथै, लोकतान्त्रिक परिवर्तनका लागि भएका जनआन्दोलन, संघर्ष तथा क्रान्तिका क्रममा सहित भएका द्धन्द्धपीडितका छोराछोरी, सशस्त्र द्धन्द्धका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिका लागि आवेदन दिन सक्छन् ।

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उहाँको भनाइ छ ।

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबरहरु