काठमाडौं । ‘फेशन गाला नाइट २०२३’ नामक फेसन सो आयोजना हुने भएको छ ।

फेसनमा सिर्जनात्मकताको खोजी गर्ने उद्देश्यले अगामी शनिवार अर्थात चैत ११ गते (मार्च २५) मा ठमेलस्थित टेन एक्स क्लबमा सो आयोजना हुन लागेको हो ।

फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना हुने सो मा साँझ ७ बजेदेखि ९ बजेसम्म चल्नेछ ।

सो मा नेपाली फेशन उद्योगमा योगदान पुर्‍याएका १० उत्कृष्ट व्यक्तिलाई सम्मान समेत गरिने आयोजक एफएनएनका निर्देशक शेखरराज कँसजुले बताए । सम्मान फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई हौसला दिन गर्न लागिएको हो ।

शोमा फेसन फिल्म शोकेस अन्तर्गत फेशनसँग सम्बन्धित भिडियो प्रस्तुति हुनेछ । फेसनसँग सम्बन्धी डिजाइन, ब्रान्ड र बुटिकले बनाएकाले भिडियो सो दिन निःशुल्क हेर्न पाइनेछ ।

टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी अनुसार फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिने निर्देशक कँसजु बताउँछन् । गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गर्नेछ ।

सम्बन्धित खबरहरु