काठमाडौं । राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । राप्रपाका शीर्ष नेताहरुले पूर्वराजा शाहासँग भेटवार्ता गरेका हुन् । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुग्नु भएको हो ।

जानकारी अनुसार बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भयो । महामन्त्री धवलशम्शेर राणाले यसबारे जानकारी गराउनुभयो ।

भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी हुनुभयो । भेटपछि मिश्रले ‘बीचमा देशको मियो, छेउछाउमा हामी’ भन्दै तस्विर सार्वजनिक गर्नुभएको छ ।

सम्बन्धित खबरहरु