काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले यसबारे जानकारी दिनुभयो ।

 

 

जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी हुनुहुन्छ । बुधबारको बैठकमा सत्ता साझेदार अन्य दलका नेता भने सहभागी छैनन् ।

सम्बन्धित खबरहरु