काठमाडौं, २१ माघ । प्रहरी प्रधान कार्यालयले भ्रष्ट प्रवृति रोक्न सबै तहका प्रहरीलाई आचरण सुधार तालिम सुरु गरेको छ । अध्यात्म र नैतिक शिक्षा शीर्षकमा छुट्टै पाठ्यक्रम बनाएर प्रहरीलाई तालिम दिन थालिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले अध्यात्म र नैतिक शिक्षाको पाठ्यक्रम बनाएको छ । हाल आधारभूत तालिम गरिरहेका प्रहरी निरीक्षकहरुबाट यस्तो तािलम सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी राजेन्द्रसिंह भण्डारीले बताए ।

‘प्रहरीको तालिममा हामी आमूल परिवर्तन गरिरहेका छौं,’ एआइजी भण्डारीले भने,‘त्यसैको एउटा भाग अध्यात्म र नैतिक शिक्षा पनि हो ।’ पाठ्यक्रममा नैतिक मूल्य र आचरणको महत्वबारे सिकाइने उल्लेख छ । यो आरोप हटाउन र प्रहरीलाई सदाचारी बनाउने अभियानस्वरुप सुरुवातको तालिममै नैतिक आचरणको शिक्षा दिन थालिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु