काठमाडौं । बलिउडमा ४९ वर्षीया मलाइका अरोडाले फेसन र फिटनेसका हिसाबले फरक ट्रेन्ड बनाएकी छिन् । सबै फोटोसुट र आइटम नम्बर पछि उनी फेरि र्‍याम्पमा देखिएकी छिन् ।

सामाजिक सञ्जालमा उनको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा अभिनेत्री कालो लुकमा र्‍याम्प वाक गरिरहेकी छिन् । भिडियोमा उनी निकै सुन्दर देखिइन् । उनले कालो इन्डो वेस्टर्न लुगा लगाएकी छन् ।

उनको यो लुकलाई हल्का मेकअप र हाई हिलले पनि साथ दिएका छन् । उनले आफ्नो उत्कृष्ट हिडाईले सबैलाई प्रभावित पारिन् । भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानले मलाइकाको निकै तारिफ गरेका छन् ।

सम्बन्धित खबरहरु