काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नु भएको छ । बिहीबार अपरान्ह उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमक पुग्नु भएको हो ।
एमाले झापाका अध्यक्ष दीपक कार्कीले ओली आफ्नो निर्वाचन क्षेत्र ५ को दमकमा रहेको मेची सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि बनाएको सहकारी आवास हस्तान्तरणका लागि आएको बताउनुभयो । शुक्रबार विहान आवास हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
सहकारी संस्थाले दमक २ मा ४३ वटा एकै प्रकारका घर बनाएर सहकारीका सदस्यलाई प्रदान गर्दैछ । नेपालमा नै ब्यवस्थित रुपमा एकै ठाँउमा सहकारी बस्ति बनाएको यो नै पहिलो भएको दाबी गरिएको छ । अध्यक्ष ओली शुक्रबार अन्य विभिन्न कार्यक्रममा पनि व्यस्त रहने जनाइएको छ ।