काठमाडौं । के तपाइँले कहिल्यै हर्माफडाइट ( hermaphrodite ) वा बहुलिंगी मानिसका बारेमा सुन्नुभएको छ ? जसको जिउमा महिला र पुरुष दुबैका यौनांग छन् ! सायद धेरैले सुन्नुभएको छैन होला । तर यी व्यक्तिको सरीरमा योनी र लिंग दुबै गुप्तांग छन् ।

२२ वर्षसम्म केटाको रुपमा जिवन बिताएका यी मान्छेले २२ बर्षपछि सधैका लागि केटीको रुपमा बिताउन थालेका छन् ।

चिकित्सा विज्ञानलाई यसलाई हर्माफडाइट वा बहुलिंगी भनिन्छ । यस्ता जिवलाई बहुलिंगी भनिन्छ जसको जिउमा भाले र पोथी दुबैका यौनांग हुन्छन् ।

विभिन्न जिवहरुमा यस्तो हुन्छ तर सामान्य मानिसमा भने हुँदैन । एउटै व्यक्तिमा महिला र पुरुष दुबैका यौनांग भएको द्धिलिंगी मानिस असामान्य नै हुन्छ ।

अस्ट्रेलियाको न्यु साउथवेल्सस्थित नोरामा बस्ने सोफिया यंग ( sophia young ) नामका व्यक्तिको जिउमा पनि लिंग र योनी दुबै यौनांग छन् । ८–९ वर्षको हुँदा नै सोफियालाई आफ्नो यौनिक लगाव फरक भएको थाहा भयो ।

उनका जिउमा दुबैथरी यौनांग छन् र उनी यौनिक रुपमा पूर्णतया केटा वा केटी दुबै जस्तै छन् । उनको जिउभित्र दुइवटा अण्डाशय मध्ये एउटा सानो तथा एउटा ठूलो आकारको छ । उनको उमेर बढेसँगै उनको जिउमा दुबैखालका यौनांगको आकार बढ्दै गएपछि आमाबुवा अचम्ममा परे । जन्मिदाखेरि नदेखिएको महिलाको गुप्तांग प्रष्ट देखिन थाल्यो उनको जिउमा ।

उनको जिउमा दुइवटै यौनांग भएपनि उनले आफुलाई बढि महिला भएको अनुभुति गर्दछिन् र मोडलिंग पनि सुरु गरिसकेकी छिन् । अब उनले आफु सधै महिला भएर बाँच्न चाहन्छिन् ।

 

सम्बन्धित खबरहरु