काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । उनी केरलाको वायनाडबाट लोकसभा सांसद थिए । शुक्रबार लोकसभा सचिवालयबाट यस सम्बन्धमा एक पत्र जारी गरिएको छ ।

मानहानि मुद्दामा सुरतको अदालतले बिहीबार उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो । सन् २०१९ मा गान्धीले कर्नाटकको विधानसभामा मोदी थरका बारेमा विवादित बयान दिएका थिए ।

उनले भनेका थिए, ‘सबै चोरको थर किन मोदी ?’ उक्त मुद्दामा सुरत अदालतले उनलाई २ वर्ष जेल सजाय सुनाएको हो । तर उनलाई ३० दिनको जमानत पनि दिइएको थियो ।

सर्वोच्च अदालतले २०१३ मा विधायक वा सांसदजस्ता जनप्रतिनिधिलाई दुई वर्ष वा सोभन्दा बढी सजाय भएमा निजको सदस्यता खारेज हुने फैसला गरेको थियो ।

सम्बन्धित खबरहरु