काठमाडौं । पाँचथर, मिक्लाजुङ गाउँपालिका–८ बुधबारे पाँचथर घर भई हाल फिदिम नगरपालिका–१ गडि लाईन डेरा गरी बस्ने फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४७ वर्षीय प्रवेश कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, माथागढी गाउँपालिका-३ खिरैलिधारा बस्ने २९ वर्षीय ज्ञान बहादुर थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ डेरा गरी बस्ने डडेल्धुरा अमरगढी नगरपालिका घर भएका ५५ वर्षीय गणेश कठायत आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ केराढोका शान्तिटोल बस्ने ४० वर्षीय बिमलेश चौधरीको आशिक कपास उद्योगमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा उद्योगभित्र रहेको कपास, कपडा र कपास पेल्ने मेशिन थान १ समेत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, बुद्धशानति गाउँपालिका-१ होक्से बस्ने केशव निरौलाको गोठ घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा गोठभित्र रहेको प्र.१-०१-०१६ प ४२५५ नम्बरको मोटरसाइकल, अन्नपात समेत गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दाङ, घोराही उपमहानरपालिका-११ हापुर खोलामा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख १२६७ नम्बरको टिपरमा गएराति आगलागी हुँदा करिब ४ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु