काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाएको छ । महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ ।

कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बन्नुभएको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नु हुनेछ । नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताउनुभयो ।

विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने स्पष्ट पार्नुभयो । उहाँले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु