काठमाडौं । आज देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

तर देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जानकारी दियो । राति कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सम्बन्धित खबरहरु