काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

राष्ट्रपति पौडेलले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएको बताउनुभयो । तर अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको पनि उहाँको भनाई छ ।

उहाँका अनुसार यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि रेडियोको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आमनागरिकमा सूचनाको पहुँच पुगेको जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु