२० माघ, धनगढी । पेन्टागन इन्टरनेशनल कलेज धनगढीमा जारी एसपीए कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा पेन्टागनले सनराइज उच्च मावि कञ्चनपुरलाई १६ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पेन्टागनले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो । उसका लागि राजेश पुलामी र कप्तान विनोद भण्डारीले आक्रामक पारी खेले ।

राजेशले मात्र २८ बलमा पाँच चौका र ६ छक्काको मदतमा ६८ रन बनाए । विनोदले ३७ बलमा चार चौका र तीन छक्काको मदतमा अविजित ५६ रन बनाए । ओपनर सागर पुनले ३६ रन लिए । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।

जवाफमा मैदान उत्रिएको सनराइजले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । उसका लागि अतिम श्रेष्ठले ८५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । ६१ बलको सामना गरेका उनले ६ चौका र ७ छक्का हानेका थिए ।

पेन्टागनका मेहबुब आलमले २ तथा करण केसी, चन्द्र साउद र राहुल विकले एक-एक विकेट लिए

सम्बन्धित खबरहरु