टेक्सस । टेक्सस ड्यालस शनिवार कृष्ण लामिछानेको अन्तिम संस्कार गरिएको छ । धार्मिक विधि अनुसार उहाँको अन्त्यष्टि गरिएको हो ।

उहाँका दुई छोरीले दागबत्ती दिनुभएको थियो । गत मंगलबार घरमै मृत भेटिनुभएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा समुदायको ठूलो उपस्थिति थियो ।

कृष्ण लामिछाने नेपाली समुदायबीच सक्रिय व्यक्ति हुनुहुन्थ्यो । शनिवार ठूलो सख्यामा उपस्थित नेपाली समुदायले उहाँले समुदायलाई गरेको सेवाको प्रशंसा गर्दै उहाँलाई अन्तिम श्रद्धान्जली दिए ।

अन्तिम संस्कारका वेला लामिछानेका छोरीहरुको बाबु प्रतिको भनाईले सबैका आँखा रसाएका थिए । जेठी छोरी कृतिमाले आफूले बाबुको वाटो पछ्याउने बताउनुभयो । गौतम बुद्धको बाटोमा आफू हिँड्ने बताउँदै उहाँले समाजसँग आफूहरुलाई एक्लै नछाड्न पनि आग्रह गर्नुभयो ।

स्वर्गीय लामिछानेका बुवाले आफू अमेरिका आउन सक्ने अवस्था नरहेकाले अन्त्यष्टी नरोक्न भनेपछि शनिबार अन्तिम संस्कार गरिएको हो । यद्यपी उहाँको मृत्युको विषयमा अहिले परिवारलाईपनि विवादमा ल्याउन खोजिएको छ । त्यसको सत्यता भने अझै स्पष्ट भएको छैन ।

 

सम्बन्धित खबरहरु