काठामडौं । पूर्वउप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडलले आफ्नो पार्टीले चाहे एक हप्ताभित्र सरकार ढाल्ने धम्की दिएको छ । तर आफ्नो दलले सरकार ढाल्न नचाहेको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रेस चौतारी, नेपालद्वारा सोमबार अछाम, साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकार ढाल्नेतिर ध्यान नदिएको तर्क पनि उहाँले गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौ, तर अहिले त्यतातिर लागेका छैनौं ।’ ग्रासरूट अभियानबाट एमालेले आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु