काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा उनीविरुद्ध नाराबाजी गरिएको हो । पीडितहरुले शाही राजावादी र सामन्तवादी भएको भन्दै नाराबाजी गरेका हुन् ।

उनीहरूले नागरिक आन्दोलन गरेको भन्दै राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता आवश्यक नभएको तर्क गरेका छन् । यता, शाहीले आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताए ।

सम्बन्धित खबरहरु