काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेपाल कमर्श क्याम्पसमा भएको चुनाव स्थगित सम्बन्धनमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ ।

बनावटी हुलदंगा देखाएर त्यहाँको स्ववियु निर्वाचन एकपक्षीय ढंगमा स्थगित भएकाले तत्काल चुनाव गराउन माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको हो ।

साथै तत्काल चुनाव गराउन अन्तरिम आदेश जारी गर्ने अदालतको सूचनामा उल्लेख छ । नेकपा एमाले निकट अनेरास्ववियुको तर्फका स्ववियु सभापति उम्मेदवार प्रविण गिरी प्यानलका सचिव दिवस सापकोटाद्वारा दायर रिटमा स्ववियु चुनाव स्थगनका सम्बन्धमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले निवेदकको माग दावी अनुसार अन्तरिम आदेश जारी गर्ने सूचनामा उल्लेख छ । नेपाल कमर्श क्याम्पस मिनभवनमा एम.वि.एस. प्रथम सेमेस्टरमा अध्ययनरत सचिव पदका उम्मेदवार सापकोटाले यथाशिघ्र चुनाव गराउन रिट निवेदनमा माग गर्नुभएको छ ।

एमाले निकट अनेरास्ववियुका नेता प्रविण गिरी सभापति उम्मेदवार रहेको प्यानलमा दिवस सापकोटा सचिव र विशाल रोका कोषाध्यक्षको उम्मेदवार हुनुहुन्छ । सदस्य पदका लागि सोही प्यानलबाट मौसम आचार्य, रविन्द्रसिंह धामी, रिया खनाल, दिपक केसी, कुशल कार्की, अनिशा कार्की, सौगात पूरी र नविन तामाङले उम्मेदवारी दिनुभएको छ ।

नेपाल कमर्श क्याम्पसमा सत्तापक्षीय सबै दल निकट विद्यार्थी संगठन एकतर्फ र एमाले निकट विद्यार्थी संगठन एक्लै हुँदापनि एमालेले जित्ने देखेपछि दोस्रो पटक चुनाव स्थगित गरिएको छ ।

क्याम्पस प्रशासनका कर्मचारी र सुरक्षाकर्मी समेत राज्यशक्तिको आडमा रहेर चुनाव एकपक्षीय ढंगमा गराउन प्रयास भइरहेको विद्यार्थीहरुको आरोप छ । सोही प्रयासका कारण चुनाव स्थगित भएको एमाले अखिलको आरोप छ ।

 

सम्बन्धित खबरहरु