काठमाडौं । राउण्ड टेबल नेपालले राउण्ड टेबल अन्तर्राष्ट्रिय (आरटीआई) दिवसको अवसरमा १२८५ पिन्ट रगत सङ्कलन गरेको छ ।

नेपालमा रगत अभाव भइरहेका बेला आरटीआई पहलको समर्थनमा, राउण्ड टेबल नेपालले मार्च १२ देखि २४ तारिखसम्म रगत संकलन अभियान चलाएको हो । उक्त दिनसम्म आरटीआई दिवस मनाइएको थियो ।

१० दिनमा कुल १२८५ पिन्ट रगत सङ्कलन गर्न सक्षम भएका छौं भनेर जानकारी गराउन पाउँदा हामी उत्साहित छौं आरटीएनका अधिकारीले भनेका छन् । हामीले यो कार्यक्रम २०१४ देखि गर्दै आएका छौं। हामीले यस कार्यक्रममा अन्य कार्यक्रमहरू पनि थपेका छौं।

हामीले हाम्रा टेबलहरू उनीहरूले बनाएको विद्यालयमा फर्कने व्यवस्था गऱ्यौं र सबैलाई खानेकुराहरू दान गरेर, साहसिक पार्कहरूमा लैजान, अध्ययन सामग्री दान गरेर, र यस्तै अन्य कार्यक्रमहरू गरेर सबैसँग आरटीआई दिवसको आनन्द बाँड्ने व्यवस्था गर्यौं अधिकारीले बताए ।

प्राप्त जानकारी अनुसार काठमाडौं, वीरगन्ज, विराटनगर, बिर्तामोड, धरान, नेपालगन्ज, धनगढी, हेटौंडा, चितवन, नारायणगढ, जनकपुर, नेपालगन्ज जस्ता प्रमुख सहरमा रगत संकलन गरिएको थियो । १० दिनमा १२८५ पिन्ट रगत सङ्कलन भएको थियो । यो समुदायका लागि ठूलो योगदान हो ।

सम्बन्धित खबरहरु