काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्नुहुनेछ ।

अर्कोतिर दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ रहेको छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्दै हुनुहुन्छ ।

सम्बन्धित खबरहरु