काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले मङ्गलबार बैठकमा पेस गर्नुभएको न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे चर्चा हुँदैछ ।

साथै, मन्त्रिपरिषद् विस्तारबारे पनि बैठकमा छलफल हुनेछ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी रहनु भएको छ ।

सम्बन्धित खबरहरु