काठमाडौं । रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेश प्रदेश सरकारले राजपत्रमा उल्लेख भए अनुसार १६ गते बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

हिन्दु धर्मावलम्बीको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभर सार्वजनिक दिएको छ ।

यस अवसरमा मधेशका सरकारी कार्यालय बन्द रहने छन् । मधेश प्रदेश सरकारको राजपत्रमा अंकित यो वर्षको अन्तिम सार्वजनिक बिदा पनि हो ।

सम्बन्धित खबरहरु