काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदा दिनमा पक्राउ पर्न सक्ने खत्तरा बढेको छ । पोर्न स्टार मुद्दामा ट्रम्पलाई कारबाही गरिने भएको छ ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई गरेको भुक्तानीका आधारमा चलिरहेको छ । यस प्रकरणमा ट्रम्पले कस्तो आरोपको सामना गर्नेछन् भन्नेबारे जानकारी दिइएको छैन ।

निर्णायकको भोटिङपछि ट्रम्पमाथि मुद्दा चलाउने बाटो सम्भव भएको हो । ७६ वर्षीय ट्रम्पले यस प्रकरणमा आफूमाथि लगाइएको आरोपलाई खारेज गर्दै आएका छन् । ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसविरुद्ध फौजदारी मुद्दा चल्दैछ । ट्रम्प फ्लोरिडामा बस्छन् ।

पहिलो सुनुवाइका लागि उनी अदालत आउन सक्ने विश्वास गरिएको छ । ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्छन् । अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ ।

सम्बन्धित खबरहरु