काठमाडौं । विमानभित्र टिकटक भिडियो बनाउनेहरु कारबाहीमा परेका छन् । हवाई उडानका दौरान टिकटकमा रहमाइरहेका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसबारे जानकारी दियो ।

प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाएको पाइएको थियो । यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ । उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।

सम्बन्धित खबरहरु