काठमाडौं । नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस अर्थात DPR&I Day आज विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

कार्यक्रम प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्‍डामा भएको हो ।

समारोहमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९ का उत्कृष्ट पाँच चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण, सेना दिवस समारोह २०७९ को अवसरमा प्रकाशित सिपाही बार्षिक र सैनिक कमाण्ड तथा स्टाफ कलेजद्वारा यस वर्ष प्रकाशित शिवपुरी जर्नलका उत्कृष्ट लेख रचनाका सर्जकहरु एवं मुल्याङ्कन समितिका सदस्यहरुलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथीहरु तथा अधिकृतहरुका साथै लघु चलचित्र प्रतियोगिता तथा सिपाही र शिवपुरी जर्नलका मूल्याङ्कन समितिका सदस्यहरु, लघु चलचित्र प्रतियोगीहरु, प्राध्यापक, लेखक, सञ्‍चारकर्मी, कलाकार लगायतको उपस्थिती थियो ।

त्यसै अवसरमा World Book of Records, London का प्रतिनिधिहरुले गत फाल्गुण ४ गते सेना दिवसको अवसरमा नेपाली सेनाका ५५८ जनाले एकैसाथ मादलबाट विभिन्न धुनहरु प्रस्तुत गरेर कायम गरेको विश्व किर्तिमानको मूल प्रमाण–पत्र प्रधान सेनापतिलाई हस्तान्तरण गर्नुभयो ।

यसैगरी प्रधान सेनापतिले उक्त विश्व किर्तिमान कायम गर्ने Event को Jury Members लाई प्रशंसा पत्रका साथै लेखन तथा प्रकाशनको माध्यमले सुरक्षा चेतना बढाउन योगदान गर्ने व्यक्तित्वलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको थियो ।

पुरस्कार वितरणको विवरण यसप्रकार छ

सम्बन्धित खबरहरु