काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुशिल थोकर समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले गुम्बाचोकबाट हेटौंडा बजारतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-३१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झुलिटार बस्ने ४२ वर्षीय पासाङ लामा र चितवन राप्ती नगरपालिका-११ बस्ने २९ वर्षीय बुद्दिराज घलान रहेका छन् ।

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु