काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि, मानविकी तथा सामाजिक विज्ञान संकायले नतिजा जारी गरेको हो ।

त्रिविका अनुसार २०१९ ब्याचको चौथो सेमेस्टर र छैठौं सेमेस्टर २०१८ ब्याचको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को नतिजा प्रकाशित भएको छ ।

तपाईंलाई जानकारी गराउ कि परीक्षा जून २०२२ मा भएको लिइएको थियो । साथै, परीक्षार्थीहरुले आउँदो वर्ष बैशाख १० गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने छन् ।

सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी

गलेश्वर । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन् । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालयअन्तर्गत विसं २०७३ मा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मङ्गलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ ।

महिलाहरुको पढ्ने धोको पूरा गर्नका लागि सञ्चालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो ।

विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसइई उत्तीर्ण गरेका थिए । यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत रहेका छन् ।

अर्को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु