न्यू्जिल्यान्ड, २० माघ ।
पाकिस्तानविरुद्धको दुई खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा न्यू्जिल्यान्डले ‘ह्वाइटवास’ गरेको छ । पहिलो खेल ७ विकेटले जितेको न्यूजिल्यान्डले नेपियरमा भएको दोस्रो तथा अन्तिम खेल १ सय १९ रनले जित्यो ।
दोस्रो एक दिवसीयमा पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ५ विकेट गुमाएर ३ सय ६९ रन बनायो । केन विलियमसनले ८८ बलमा एक सय १२ तथा रोस टेलरले ७० बलमा अविजित रहँदै १ सय २ रन बनाए ।
जवाफमा पाकिस्तान ४३ ओभर १ बलमात्र क्रिजमा टिकेर २ सय ५० रनमै समेटियो । प्रारम्भिक ब्याट्सम्यान मोहम्मद हाफिजले ८६ रन बनाएको पाकिस्तानी इनिङलाई ध्वस्त पार्नेक्रममा न्यूजिल्यान्डका टिम साउदी, ग्रान्ट इलियट, नाथन म्याक्कुलम र एडम मिल्नेले समान २ विकेट लिए ।
यो जितसँगै अर्को महिना हुने विश्वकपका लागि आयोजक न्यूजिल्यान्डले उपाधि दाबेदारी पस्केको छ ।