काठमाडौं । प्रबिशा अधिकारी को स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ ।

प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ ।

जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन् ।

गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन । ओम गोरखालीको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशनमा भिडियो तयार गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/UlY0pVbJObA

गायिका प्रविशा अधिकारी प्रेमी निर्माण सिटौलासँग २०२१ मा वैवाहिक जीवनमा बाँधिएका थिइन् । ‘द भ्वाइस अफ किडु्स २०२१’ को कोच समेत रहेकी प्रविशाले अमेरिकामा बस्दै आएका सिटौलासँग विवाह गरेकी हुन् ।

इन्जिनियर पेशामा आवद्ध सिटौलासँग प्रविशाको सांगीतिक जीवनकै क्रममा भेट भएको थियो । पछिल्लो समयमा प्रविशाले आफ्नो प्रेम सम्बन्धको बारेमा मिडियामा पनि खुलेरै कुरा गर्दै आएकी थिइन् । उनीहरु केही समय सम्बन्धमा रहेर विवाह बन्धनमा बाँधिएका जोडी हुन् ।

 

सम्बन्धित खबरहरु