काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई बाबुराम भट्टराई र हिसिला यमीले भेटेर बधाई दिनुभएको छ । उहाँ नेपाल समाजवादी पार्टीका नेता हुनुहुन्छ ।

यादवले नेकपा (माओवादी केन्द्र) को चु्नाव चिन्ह लिएर सर्लाही–२ बाट निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो ।

मन्त्री बनेपछि पहिलो पटक भट्टराई निवासमा पुग्नुभएका यादवलाई भट्टराई दम्पत्तिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

तस्बिरमा उहाँहरुबीच निक्कै राम्रो स्नेह रहेको देखिन्छ । साथै, यादव महिला मामिला सम्बन्धी मन्त्री बनेकामा हिसिला थप खुशी भएको बाबुरामले उल्लेख गर्नुभएको छ ।

संसदकै जेष्ठ सदस्य मध्येका एक पाका नेता यादवमाथी हिसिलालेपनि आदरभाव प्रकट गरेको देखिन्छ । एक बाबुसँग छोरी लपक्क स्नेहमा रहे झै उहाँले तस्बिर खिचाउनुभएको छ ।

यादवलाई मन्त्री बनाउनमा बाबुरामको ठूलो हात रहेको छ । यादवलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँले निरन्तर दवाबसमेत दिइरहनुभएको निकट स्रोतको दावी छ ।

सम्बन्धित खबरहरु