काठमाडौं । यौन कतिपय सजिवका लागि सन्तान बृद्धिका लागि मात्र नभइ नभई नहुने कुरा हो ।

शरीरले जसरी गास, बास र कपास खोज्छ त्यसरी नै सहवास खोज्छ भनिन्छ । यो एक शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ ।

जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले यौनको कुलत जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरुमा यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन विकृति र यौनको कुलत संख्या बढ्दै गएको पाइन्छ ।

यौन क्रिया अनादिकालदेखि चल्दै आएको यस्तो प्रक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनिहरुले यौनलाई महत्व दिँदै त्यसको विधि र प्रक्रियाको बारेमा व्याख्या र विश्लेषण गरेका छन् ।

महर्षि वात्यासनले कामसूत्रको रचना गरेका थिए, जो विश्वको प्रथम यौन संहिता हो । यो ग्रन्थको रचना इसाको तृतीय शताब्दीमा भएको विश्वास मानिन्छ । यसले के कुरा पुष्टि गर्छ भने विश्वमा कामसूत्रको वर्चश्व सत्रौं शताब्दीदेखि छाएको थियो । संसारका कैयौं भाषामा यसको अनुवाद छ ।

यौनलाई त्यति नै ग्रहण गर्नुपर्छ, जति हामीलाई प्रकृतिले दिएको छ । यौनमा अति लिप्त हुनुले विकृत मानसिकताको संकेत गर्छ । यसले यौन हिंसा, बलात्कार जस्ता कुकर्म गर्न उक्साउँछ । यौन त्यसबेला छाडा हुन्छ, जहाँ कसैमाथि बर्बरतापूर्वक शारीरिक सम्पर्क गर्ने चेष्टा राखिन्छ ।

यौनको विधि छ, समय छ र स्थान छ । कुन बेला यौन सम्पर्क गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको खोज र अभ्यास सदियौंदेखि हुँदै आएको छ । त्यसैले जतिसुकै बेला, जहाँपायो त्यहीं यौन सम्पर्कका लागि उत्साहित हुनु वा त्यस्तो मानसिकता राख्नु चाहिं ‘छाडापन’ हो ।

प्रकृतिले समेत यौनका लागि निश्चित समय दिएको छ । चराचर जगत यौनमै अडिएको छ तर, एउटा प्रक्रियाभित्र रहेर । चराचुरुङ्गी, कीरा–फट्याङ्ग्रा, जीवजन्तु नाङ्गै हुन्छन् । तर, जतिबेला पनि उनीहरु यौनमा लिप्त हुँदैनन् । एउटा निश्चित समय आउँछ, जतिबेला उनीहरु यौन क्रियामा सहभागी हुन्छन् । तर, सृष्टिको सर्वश्रेष्ठ प्राणी भएर पनि मान्छे यौनमा अराजक छन् ।

जबकि हाम्रो धर्म, संस्कार आदिले यौनलाई नियमन गर्ने प्रयास गरेको छ । पूजाआजा, तीर्थ व्रत, उपवास आदिको माध्यमबाट यौन क्रियालाई सही बाटोमा डोहोर्‍याउन खोजिएको छ । तर, हामीले यसको मर्मलाई बुझेका छैनौं ।

यौनमा असन्तुष्टिको कारण के हो ?

  • जब तपाईंले यौनको बारेमा बुझ्नुहुन्न, तपाईंको यौन जीवन खल्लो हुन्छ । किनभने यौन शारीरिक क्रिया मात्र होइन । अर्थात् लिंग र योनीबीचको घर्षणबाट मात्र यौनआनन्द प्राप्त हुने होइन ।
  • विधि, प्रक्रियागत ढंगले यौन क्रियामा सहभागी नहुँदा त्यसबाट यौन आनन्द मिल्दैन ।
  • तनाव, शारीरिक पीडा आदिले यौन सुख मिल्दैन । हतारमा, भयमा गरिने यौन क्रियाको खास अर्थ छैन ।
  • हर्मोनको परिवर्तन, पाठेघरको संक्रमण, यौन रोगको कारण कति महिलाको लागि यौन क्रिया पीडादायी बन्ने गर्छ । यस्तो अवस्थामा पुरुषले आफ्नो मात्र सन्तुष्टिलाई ख्याल गर्नु राम्रो होइन ।

कसरी प्राप्त गर्ने यौन सुख ?

यौनमा शारीरिक तथा मानसिक सहभागिता र सक्रियता चाहिन्छ । यसको लागि दुवै पार्टनर तयार हुनुपर्छ । यसको लागि निश्चित समय र स्थान पनि उपलब्ध हुनुपर्छ ।

के भनिन्छ भने दाम्पत्य जीवन त्यसबेला उमंगमय बन्छ, जब पति–पत्नी यौनमा एकअर्काको परिपूरक बन्न सक्छन् । यौन शरीरका पाँचै इन्द्रियले अनुभूत गर्नुपर्छ । योनीको मिलन एवं घर्षण सम्भोग हो । यसको अन्तिम परिणति चरमोत्कर्ष एवं स्खलनमा हुन्छ ।

यौन सुख प्राप्त गर्नका लागि सबैभन्दा पहिला त मानसिक र शारीरिक रुपमा दुवै पार्टनर इच्छुक हुनु नै हो । त्यसपछि विधिपूर्वक गरिने यौन क्रियाले सन्तुष्ट दिने बताइन्छ । यौन प्रक्रिया शुरु गर्नुअघि सरसफाइ अति आवश्यक हुन्छ । कतिपय त नुहाइसकेपछि मात्र यौन क्रियामा सहभागी हुन्छन् ।

यौन क्रिया शुरु गर्नुअघि अपनाउने विधि, यौन आसन जस्ता कुराले यौन सन्तुष्टि हासिल गर्न सकिन्छ, जो सदियौंदेखि अभ्यास हुँदै आएको छ ।

सही किसिमको प्राकक्रीडाले यौन क्रियामा चरम सन्तुष्ट दिलाउँछ । अक्सर पुरुषको तुलनामा महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न अलि बढी समय लाग्छ । यौन सुख अर्थात सम्भोग क्रियाको समयमा चरम सुख प्राप्त हुनु धेरै आनन्ददायक हुन्छ । यसलाई स्वर्गीय सुख पनि भनिन्छ । जुन सबै मानिसले भोग्न चाहन्छन् ।

यौन सम्पर्कअघि प्राकक्रीडा

यौन सम्पर्क वा यौनाङ्गको मिलन हुनुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलापलाई प्राकक्रीडा भनिन्छ । यसलाई अंग्रेजीमा फोर प्ले भनिन्छ । प्राकक्रीडा यस्तो पूर्व तयारी हो, जसले यौन क्रियामा संलग्न हुन दुवै पार्टनरलाई उत्प्रेरित गर्छ ।

जस्तो रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगार र संयुक्त ठट्टालाई प्राकक्रीडा भनिन्छ । एकअर्काको नितम्ब, स्तन, ओठ, तिघ्रा जस्ता संवेदनशील अंग सुमसुम्याउने, चुम्बन गर्ने प्रक्रिया यसभित्र पर्छन् । यो क्रिया त्यसबेलासम्म जारी राख्नुपर्छ, जबसम्म यौनका लागि दुवै तयार हुँदैनन् ।

  • उत्तेजक एवं कामुक देखिने परिहन लगाउने ।
  • यौनसँग सम्बन्धित कुराकानी गर्ने, ठट्यौली गर्ने ।
  • अहिले एकअर्काको मोबाइलबाट सेक्स च्याट पनि गर्न सकिन्छ । यद्यपि कुराकानीपछि त्यसलाई डिलिट गरिहाल्नुपर्छ ।
  • यौनजन्य पुस्तक पढ्ने, चित्र वा फिल्म हेर्ने ।
  • एकअर्काको भित्रीवस्त्र खोलिदिने ।
  • बाथटपमा वा बाथरुममा एकसाथ नुहाउने ।
  • आपसमा संवेदनशील अंगहरु चलाउने, खेलाउने, चुम्बन गर्ने ।

सम्बन्धित खबरहरु