काठमाडौं । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।

जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन् ।

पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगढी उपमहानगरपालिकामा कार्यरत सरकारी कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् । ८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको बाध्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु