काठमाडौं । हावाहुरीसहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ । झापामा एकजनाको ज्यान गएको हो, एकदर्जनभन्दा धेरै जना घरबार विहीन भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नु भएकी दमककी ४० बर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।

दमक–४ तारावारीको अर्नाखाडीमा भन्ने ठाँउकी धिमाल रुखको हाँगा लागेर गम्भिर घाइते हुनु भएको थियो । उहाँलाई तत्कालै उपचारका लागि अस्पताल लगियो, तर शनिवार मृत्यु भयो ।

सम्बन्धित खबरहरु