काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार (भोलि) सम्म उम्मेदवारी दर्ता गर्न मिल्ने जनाएको छ ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन आज (आइतबार) राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउनमा व्यस्त छन् । उपनिर्वाचनको लागि केही दलहरुले उम्मेदवारको नाम टुंगो लगाउन बाँकी छ ।

केहीबेरमा बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्नेबारे निर्णय गर्दैछ ।

सत्तारुढ कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई यसअघि नै उम्मेदवार बनाइसकेको छ ।

विपक्षी नेकपा एमालेले बारा–२ बारे निर्णय गर्न बाँकी भए पनि तनहुँ–१ मा पूर्वआइजीपी सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उम्मेदवार बनाएको छ ।

अर्कोतिर, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उठाउने जानकारी गरायो ।

सम्बन्धित खबरहरु