काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ मा जिप दुर्घटना भएको छ । त्यहाँको राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, सात जना घाइते भएका छन् । जानकारी अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङले ज्यान गुमाउनुभयो । प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले यसबारे जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंतर्फ आउादै गरेको सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित खबरहरु