Yamphawati

काठमाडौं । लोकप्रिय भलिबल खेलाडी सिपोरा गुरुङ अब ‘याम्फाबती’ बनेर दर्शकमाझ आउनेछिन् । उनले अभिनय गरेको चलचित्र ‘याम्फाबती’ को निर्माण यतिबेला धमाधम भइरहेको छ । कृष्णकुमार गुरुङको निर्देशन रहेको याम्फाबतीमा सिपोराले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

भलिबल खेलाडीको परिचय बनाएकी सिपोरा मिस नेपालमा पनि सहभागी भएकी थिईन् । यसअघि उनले गुरुङ भाषाको ‘घलेक दि साईन अफ लभ’ मा काम गरेकी थिईन् ।

यो उनको यो दोस्रो फिल्म हो । यम्फावति जेठमा फिल्म प्रदर्शन गर्ने योजना निर्माण पक्षले बनाएको छ । याम्फाबती गुरुङ सभ्यताको ऐतिहासिक पात्र हो । गुरुङहरुको परम्परागत नाच घाटु नाचमा रानी याम्फावती हुन्छे । पछिल्लो समय फिल्ममा ब्यस्त हुन थालेकी सिपोराले पहिलो प्राथमिकता भने भलिबललाई नै दिने बताउँदै आएकी छिन् ।

यस फिल्मको सुटिङ कास्कीको हिमाली क्षेत्र कोरी र महेन्द्रगुफामा गरिएको   थियो । यस फिल्ममा काम गरेवापत ६ लाख पारिश्रमिक दिएको दाबी उनले यसअघि नै गरिसकेकी छिन् ।

सम्बन्धित खबरहरु