स्टूडियोको बार्षिकाेत्सवमा बृद्धाश्रमलाई सहयोग

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २१ माघ, २०७१

laxmi-hair-dresser

भाटभटेनी सुपरमार्केट महाराजगञ्ज र कोटेश्वरमा संचालित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टूडियो’ले आफ्नो पाँचौ बार्षिकाेत्सवको अवसर पारेर तनहुँको देवघाटमा रहेका बृद्धबृद्धाहरुलाई सहगोग गरेको छ ।

यो स्टूडियोले निरन्तर चौथो पटक सहयोग गरेको हो । देवघाट क्षेत्र विकास समितीद्धारा संचालित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रति ३१ जना बृद्धबृद्धालाई स्टूडियोले चप्पल, खाद्यन्न लगायतका सामाग्री प्रदान गरेको हो ।

करिब ३५ हजार मुल्य बराबरको सामाग्री बृद्धबृद्धाहरुलाई प्रदान गरिएको यसका संचालक लक्ष्मी ठाकुरले बताए । उनले व्यवसायको बार्षिकाेत्सवको समयमा प्रत्येक बर्ष वृद्धवृद्धहरुलाई सहयोग गर्ने बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७