२१ माघ, ललितपुर  । नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले काँग्रेस जिल्ला कोषाध्यक्षलाई तीन दिने प्रशिक्षण दिने भएको छ

Nc-flagप्रशिक्षण यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिठानले जनाएको छ । ७५ जिल्लाका कोषाध्यक्ष सो प्रशिक्षणमा भाग हुने बताइएको छ ।

प्रशिक्षणको उदघाटन काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने र प्रशिक्षण धुलिखेलमा हुने प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले जानकारी दिए ।

विभिन्न निकायबाट प्राप्त कोषलाई सही व्यवस्थापन र पारदर्शीका लागि कसरी कोषको सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिन लागेको उनले जानकारी   दिए ।

प्रतिष्ठानले पार्टीका हरेक निकायलाई प्रशिक्षण दिँदै आएकोमा यसपटक जिल्ला कोषाध्यक्षहरुलाई प्रशिक्षण दिन लागेको हो ।

प्रतिष्ठानले यसअघि क्षेत्रीय सभापति, क्षेत्रीय सचिवलगायतलाई प्रशिक्षण दिइसकेको छ । रासस

सम्बन्धित खबरहरु