images

माघ २१, काठमाडौं । बेलायती संसदले तीन व्यक्तिको डीएनएबाट बच्चाको जन्म दिने पक्षमा निर्णय गरेको छ ।

दुई महिला र एक पुरुषको डीएनएबाट शिशुको जन्म दिने पक्षमा सांसदहरुले मतदान गरेका हुन् ।

आमाबाट शिशुमा हुने वंशानुगत रोगबाट बच्ने तरिकाबारे हाउस अफ कमन्समा भएको मतदानमा ३ सय ८२ सांसदले पक्ष तथा १ सय २८ सांसदले विपक्षमा मतदान गरेका थिए ।

दुई महिला र एक पुरुषको डीएनए मिलनको स्वीकृतिले कुनै वंशानुगत रोगको डरका कारण बच्चा जन्माउन नसकिरहेकाहरुका लागि आशाको किरण बन्ने दावी केही मन्त्रीले गरेका छन् ।

यसअनुसार कुनै बच्चाको तीन आमा–बाबु हुने पहिलो मुलुक विश्वमै बेलायत हुनसक्ने बताइएको छ ।

कानूनी मान्यता पाउन भने यस प्रस्ताव हाउस अफ लर्डर्सबाट पनि पारित हुनुपर्नेछ ।

सम्बन्धित खबरहरु