जनबोली/२२ माघ, काठमाडोँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १२ किलो सुनसहित एक यात्रु पक्राउ परेका छन् ।
यात्रु चेक जाँचका क्रममा अवैध रुपमा ल्याइदै गरेको सुन सहित झपाका बोधराज पौडेल पक्राउ परेका हुन् ।
पौडेलले लुकाइरहेको अवस्था सो परिमाणको सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।
यस विषयमा थप अध्ययन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– See more at: http://www.nepalsandesh.com/2015/02/04/120637#sthash.WV6l9ba0.dpuf