जनबोली/२२ माघ, काठमाडौँ । भावि संविधानका विवादीत विषय सहितका दस्तावेजहरुमा प्रश्नावली बनाउन गठीत समितिको म्याद सकिएको भोलिपल्ट अर्थात आज संविधानसभाको बैठक बोलाइएको छ ।
संविधानसभामा रहेकाअडानमा रहेको र चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालले पनि संविधानसभामा विरोध गर्ने जनाइरहेको अवस्थामा आज बस्ने संविधानसभाले के गर्ने हो, निकै चासोको विषय बनेको छ ।
दलहरुलाई सहमति गर्नकालागि दीइएको दश दिनको म्यान पनि त्यसै खेर गएको अवस्थामा संविधानसभाका अध्यक्ष सवासचन्द्र नेम्वाङलाई प्रक्रिया अघि बढाउन पनि समस्या पर्ने देखिएको छ ।
उनले आजको बैठकमा प्रश्नावली प्रस्ताव समितिलाई थप पाँच दिन दिने र प्रमुख दलका नेताहरुलाई अन्तिम सहमतिकालागि पहल थाल्ने बताइएको छ ।
आजको संविधानसभा बैठकमा प्रश्नावली समितिले आफ्नो प्रारम्भीक प्रतिवेदन बुझाउने र बाँकी काम पुरा गर्नकालागि पाँच दिनको समय माग गर्ने भएको छ ।
विपक्षीहरुको बहिस्कारका कारण संविधानसभाको बैठक सुनसान हुने पक्का छ । विपक्षी मोर्चाले संविधानसभाको प्रक्रिया नरोकीएसम्म बैठकमा नजाने निर्णय यस अघि नै गरिसकेको छ ।