शाहरुख खान बिरुद्ध भाजपा सांसदको मुद्दा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २२ माघ, २०७१

भारत । भारतिय अभिनेता शाहरुख खान बिरुद्ध बान्द्राबाट भारतीय जनता पार्टीकि सांसद पूनम महाराजले बीएमसीमा लिखित आरोप दर्ता गरेकि छिन् । उनले मुम्वई म्युनिसिपल कर्पोरेशनमा लिखित आरोप दर्ता गरेकि हिुन् । उनले स्थानिय जनताको प्रतिनिधित्व गर्दैै आरोप सहितको पत्र दर्ता गरेकि हुन् । शाहरुख खानको बंगला मन्नतको बाहिर रहेको बाटोको बिषयमा समस्या उत्पन्न भएको थियो । उक्त आरेप पत्रमा शाहरुख खानले मन्नतको अगाडीको सडकमा आफु अनुकुल हुने गरि सडक पेटी बनाएका छन् ।

जुन सरकारी बाटो हो । त्यहाबाट माउन्ट मेरी चर्च निस्कने बाटो भए पनि शाहरुखले सडक निर्माण गरेसंग त्यो बाटो बन्द भएकोले तत्काल त्यसलाई खुलाउन माग गरिएको छ । आरोप पत्रमा उनको नाम नकिटिएपनि एउटा बंगला मालिकले बाटो अबरोध हुनेगरि संरचना बनाएको उल्लेख गरेको जनाइएको छ । स्थानिय बासिन्दाको माग पछि यस्तो कदम चालिएको पूनम महाराजले प्रतिक्रिया दिइन् । स्थानिय प्रशासनले भने थप अध्ययन गरेर आवस्यक निर्णय लिने जनाएको छ ।

सम्बन्धित खबरहरु