दाङ । योजना छनौटदेखि उपभोक्ता समिति निर्माणसम्म राजनीतिक भागबण्डा हुने गरेको समाचार प्रकाशित भएको बिषयमा स्थानीय विकास अधिकारी पुष्पराज शाहीले राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरुलाई स्पष्टिकरण मागेर पत्र लेखेका छन् ।
शाहीले आफू मातहतका जिविस कर्मचारीलाई जस्तै गरी राजमोका अध्यक्ष रेशम विसी र नेकपाकी अध्यक्ष तुलसा केसीलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने व्यहोराको पत्र लेखेका छन् ।
′तपाईले राजनीतिक भागबण्डाका बिषयमा सूचना दिएको पाइयो । तपाईले तथ्यगत आधारमा सूचना दिनुभएको हो की होइन ? आबश्यक प्रतिक्रियासहित सात दिनभित्र यस कार्यालयमा पेश गर्न अनुरोध छ,′ चलानी नं १६७५ को पत्रमा भनिएको छ । आजको कान्तिपुरमा समाचार छ ।