aaha raraकाठमाडौँ । जारी आहा रारा गोल्डकप फटबल प्रतियोगिताको १३ औं संस्करणमा सुदुरपश्चिम फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा सुदुरपश्चिमले एपिएफलाई १–० गोल अन्तरले हराएको हो ।

खेलको सुरुवाति ७ औ मिनेटमा सुदुरपश्चिमका शिव सुवेदीले निणयक गोल गदै जित दिलाएका हुन ।

जित सगै सुदुरपश्चिम दोस्रो चरणमा स्थान बनाएको छ । प्रतियोगितमा एपिएफले पाएको मौकालार्ई अदित्य चौधरीले गुमाउदै ५५ औ मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसपछि १० खेलाडी सिमति रहेर मैदानमा उत्रिएको एपिएफ सुदुरपश्चिमसग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि हिजो भएको उदघाट खेलमा पहिलोपटक सहभागी नव जनजागृति युवा क्लबले सहारालाई टाइब्रेकरमा ४–३ ले हराएको छ ।

निधारित ९० मिनेटको खेलमा ३–३ गोलको बराबरी र थप समय समेत नतिजा बराबर आएपछि खेलको निणाय टाइब्रेकरको माध्यमबाट लिइएको थियो । गोल्डकप प्रतियोगिातमा यसपटक १२ वटा टीमहरुको सहभागिता रहको छ ।

सम्बन्धित खबरहरु