Maobadi_Morchaजनबोली/२२ माघ, काठमाडौ । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको बैठक आज बस्दैछ । संविधानसभा बैठक बहिष्कार गर्ने निणर्य गरेको मोर्चाले संविधानसभा बैठक बोलाएको समयमा नै मोर्चाको बैठक बोलाएको छ ।

दिउँसो १ बजे एमाओवादी संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा सयुक्त आन्दोलनको रणनीति तय गरिनेछ । बैठकमा विजयकुमार गच्छदारले राखेको प्रस्तावमा विषयमा पनि छलफल हुनेछ । संविधान निर्माणको बहुमतिय प्रक्रिया एकलौटीरुपमा अगाडी बढाइएको ठहर गर्दै मोर्चाले आजको संविधानसभा बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ ।

एमाओवादीले एक्लैले आन्दोलन थालेकाले यसअघि घोषणा गरेको संयुक्त आन्दोलनका विषयमा छलफल हुने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी   दिए ।

सम्बन्धित खबरहरु