जनबोली/२२ माघ, काठमाडौ । सभाध्यक्ष नेम्वाङ्ले ध्वनी मतको आधारमा बिहीबार प्रस्ताव समितिको म्याद पाँच दिन थपिएको जानकारी गराए । जेष्ठ सदस्य कुलबहादुर गुरुङले राखेका प्रस्तावमा हुन्न भन्ने मत नसुनिएकोले सर्वसम्मत पारित भयो भनी नेम्वाङले घोषणा गरे ।
यसअघि पाँच दिनको समय दिएर संविधानका विवादित विषयमा प्रश्नवाली बनाएर प्रस्ताव गर्नका लागि गठित समितिले प्रश्न बनाउन नभ्याएपछि पाँच दिन थप माग्ने निर्णय बुधबार गरेको थियो ।
यसअघि नै एमाओवादी, मधेसवादी दलहरुसहितको विपक्षी मोर्चाले उक्त प्रस्ताव समिति बनाएकैमा अहसमति जनाएर बैठक बहिस्कार गर्दै आएको छ । उनीहरुले बिहीबारको बैठक पनि बहिस्कार गरेका छन् ।
प्रस्ताव समिति गठनमा सहमत रहेको राप्रपा नेपालले गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामा प्रश्न नबनाउने प्रस्ताव समितिको निर्णय पछि विरोध गरेका हुन् ।