जनबोली/२२ माघ, काठमाडौ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ जना सहसचिवलाई सचिवमा बढूवा गरेको छ । मन्त्रिपरषद्को निर्णय अनुसार बढूवा हुनेमा सुरेशप्रकाश आचार्य, शरद बिष्ट, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, खुमराज पुञ्जाली, प्रेमकुमार राई, ईश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा, टंकमणि शर्मा, दिनेश थपलिया र विजयकुमार मल्लिक छ ।
काम सचिवमधये शंकर कोइरालामात्र बढुवामा परेनन् ।
प्रशासनतर्फबाट राजन खनाल र नवराज भण्डारी सचिवमा बढूवा भए । कानुनबाट श्रीधर सापकोटा, रामकुमार आचार्य र लक्ष्मण मैनाली सचिवमा बढूवा भएका छन् ।
बढुवा भएकामध्ये सुनिलबहादुरलाई सूचना तथा सन्चार मन्त्रालय, रमेशकुमार शर्मा सतर्कता केन्द्र, दिनेश थपलिया क्षेत्रीय प्रशासन पोखरा, प्रेमकुमार राई अख्तियार दुरूपयोग अनुसन्धान अयोगको जिम्मेवारी दिइएको छ।
त्यस्तै मन्त्रिपरिषद्को वैठकले जडिबुटी प्रसाधन र प्रशोधन केन्द्रको अध्यक्षमा अर्को निर्णय नभएसम्मका लागि वनस्पति विभागका महाप्रबन्धक यमबहादुर थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।