एजेन्सी । नाइजेरियाको आतंककारी संगठन बोको हरामका लडाकुहरुले छिमेकी देश क्यामरुनमा ७० जनाको हत्या गरेका छन् ।
इस्लामिक विद्रोही बोको हराम लडाकुहरुको आक्रमणबाट क्यामरुनको फोटोकलमा उनीहरुको मृत्यु भएको हो । लडाकुहरुले मस्जिद र घरहरुमा आक्रमण गर्नुका साथै ठूलाठूला भवनहरुमा आगो लगाएका हुन् ।
आक्रमणका क्रममा धेरैजसोको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको बीबीसीमा उल्लेख छ । एक दिन अघिमात्रै विद्रोहीहरुले सरकारी सुरक्षाकर्मीलाई उक्त स्थानबाट लखेटेका थिए ।
पछिल्ला ६ वर्षमा बोकोहराम र सुरक्षाकर्मीबीचको हिंशात्मक भिडन्तमा परी हजारौंको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।